कैलाली । बर्दगोरिया गाउँपालिका ३, खैरेनी निवासी ३४ वर्षीय जीवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले खत्रीसहित ११ जनालाई गए राति पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले उनीहरूलाई नगद ६२ हजार ८५५ रुपैयाँ र १० थान मोबाइलसहित पक्राउ गरेको हो ।
प्रहरीले घटनास्थलमा छापा मारेर जुवातास खेलिरहेका उनीहरूलाई नियन्त्रणमा लिएपछि आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।




