पर्सा । वीरगंज महानगरपालिका १६, गणेश टोलबाट आइतबार बेलुकी करिब १९ किलो ५ सय ग्राम चरेश जस्तो देखिने लागूऔषध बरामद गरिएको छ ।
प्रहरी चौकी गणेश टोलबाट खटिएको टोलीलाई देख्नासाथ एक अपरिचित व्यक्तिले १ बोरा लागूऔषधसहितको पोका सडकमा फालेर फरार भएको थियो । उक्त बोराको तलासी गर्दा चरेश जस्तो देखिने लागूऔषध बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी कार्य तीव्र रूपमा अघि बढाएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।




