सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीमा सोमबार राति भएको आगलागीले तीन घर जलेर करिब ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट गरेको छ ।
सिकिन्द्र चौधरीको गोठमा आगलागी सुरू भई पूर्ण रूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगो फैलिएर सोही ठाउँका सशी चौधरी र राम सुन्द्र चौधरीको घर समेत जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरी स्रोतले जनाएको छ ।
स्थानीयवासी र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । यस घटनाले स्थानीयवासीलाई ठूलो आर्थिक क्षति पुर्याएको छ ।




