पर्सा । पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका ५ शंकरसरैया टोलमा गएराति आगलागी हुँदा ठूलो धनमाल नष्ट भएको छ । लाल बहादुर दास थारूको गोठमा अचानक लागेको आगोले गोठ, गोठभित्र रहेका चौपाया र काठपात पूर्णरूपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमालको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनापछि प्रहरी र स्थानीय बासिन्दाले मिलेर आगो नियन्त्रणमा ल्याए । आगलागीको कारण बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




