कैलाली । धनगढी उपमहानगरपालिका ३ बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ५५० मिलिग्राम पदार्थसहित ३१ वर्षीय निरज धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका ५ निवासी धामीलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले लागूऔषधसहित पक्राउ परेका धामी माथि आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




