रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३४ वर्षीय प्रचण्ड बहादुर थापा पक्राउ परेका छन् । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाई १ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा गरिएको निगरानीपछि थापालाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिलाई लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषध दुव्र्यसन र यसको ओसार पसार नियन्त्रण गर्नका लागि सक्रिय कदम चालिरहेको बताउँदै स्थानीय जनतालाई पनि यस्ता अवैध गतिविधि बारे जानकारी दिन आग्रह गरेको छ ।




