सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका २ स्थित गेरूवा खोलाको जमेको पानीमा शनिबार एक अज्ञात पुरुषको शव फेला परेको छ । मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन ।
प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ५५ वर्ष रहेको छ । शव फेला परेको स्थानमा प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ भने शवलाई पोष्टमार्टमका लागि नजिकको अस्पतालमा पठाइएको छ ।
मृतकको पहिचान खुलाउने र घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




