बारा । प्रसौनी गाउँपालिका ७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानुको आगलागीका कारण निधन भएको छ । आइतबार बिहान आफ्नै घर अगाडि परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई उनी गम्भीर रूपमा घाइते भएकी थिइन् ।
प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा आइतबार राति बाटोमै उनको मृत्यु भएको हो । यस घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । आगलागीको घटना वृद्धाको व्यक्तिगत असावधानीको कारणले भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानिय प्रशासनले यस प्रकारका आगलागीका घटना रोक्न सावधानी अपनाउन आग्रह गरेको छ । चिसो मौसममा आगो ताप्दा सावधानीपूर्वक र सुरक्षित तरिकाले गर्नुपर्ने चेतावनी समेत दिएको छ ।




