धनुषा । क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरस्थित श्री माध्यमिक विद्यालय नजिकको पोखरीमा माछा मार्ने क्रममा डुबेर २१ वर्षीय आशु महराको मृत्यु भएको छ ।
बुधबार दिउँसो पोखरीमा माछा मार्ने क्रममा महरा डुबेका थिए । स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेपनि गम्भीर अवस्थामा उनलाई निकालेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यस घटना बारे थप अनुसन्धान गर्न प्रहरीले प्रक्रिया अघि बढाएको छ । पोखरीमा माछा मार्न जाँदा सावधानी नअपनाउँदा यस्ता दुःखद घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ ।




