सुनसरी । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ५ स्थित टपरा टोलमा बुधबार राति आगलागी भएको छ । घटनामा तयव साह मियाको ग्वाली घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीको घटना बारे थाहा पाएपछि प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । प्रहरीले घटना स्थलमा पुगेपछि आगो नियन्त्रणमा लिएको भएपनि ग्वाली घरका भित्रका सम्पत्ति र धनमाल पूर्ण रूपमा नष्ट भएका छन् ।
प्रहरीले यस घटना बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




