बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका २५ सिसहनिया टोलमा संजय प्रसाद केशरीको ई-रिक्सामा गतराति आगलागी भएको छ । मधेश प्रदेश ०३-००२ स ५४६४ नम्बरको ई-रिक्सा चार्ज गर्ने क्रममा इलेक्ट्रिक सर्ट भई आगलागी भएको हो ।
आगलागीका कारण ई-रिक्साको अगाडिको भाग पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएपनि ठूलो क्षति भएको जानकारी दिइएको छ । प्रहरी यस घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।




