धनुषा । जनकपुरधाम उपमहानगरपालिका ९ स्थित सडकमा शुक्रबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको हो ।
प्र २-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकल र ज १ ब ७९५ नम्बरको मोटरसाइकलबीच ठक्कर हुँदा ज १ ब ७९५ नम्बरको मोटरसाइकल चालक लक्ष्मीनिया गाउँपालिका १ सोहनी निवासी ५० वर्षीय देवन्द्र यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनामा संलग्न प्र २-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण र अन्य विवरण बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ भने मृतकका परिवारजन शोकमा छन् ।




