सुर्खेत । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४ खुम्चेरीमा विवाहका लागि भागेका एक जोडी मृत अवस्थामा फेला परेका छन् । भागिराम खड्काका छोरा २१ वर्षीय लोकेन्द्र खड्का र वडा नम्बर ६ की १९ वर्षीया सपना पुन मगर शनिबार बिहान लोकेन्द्रको अस्थायी टहरामा मृत भेटिएका हुन् ।
वडाध्यक्ष नन्नराम बाँठाका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा थिए भने सपना भुइँमा मृत फेला परेकी थिइन् । घटनाका क्रममा लोकेन्द्रका बुवा आमा नेपालगञ्ज गएका थिए, जहाँ उनकी आमाको उपचार भइरहेको थियो । उनीहरूको अनुपस्थितिमा यो दुखद घटना भएको हो ।
प्रहरीले बुवाआमा फर्किएपछि मात्र आवश्यक कानुनी प्रक्रिया सुरु गर्ने जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






