कपिलवस्तु । शिवराज नगरपालिका ४ बसन्तपुरमा विद्युत सर्टका कारण भएको आगलागीले करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । शनिबार राति त्रिलिकी अहिरको घरमा झगरूप भारती गोसाईद्वारा सञ्चालित पूजा फेन्सी पसलमा आगलागी भएको थियो ।
आगलागीका कारण पसलमा रहेका कपडा, जुत्ता, चप्पल लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घटनालगत्तै प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।




