सिराहा । मिर्चैया नगरपालिका ६ भगतपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ७५ मिलिग्राम पदार्थसहित २९ वर्षीय भोला पंजियारलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका ५ निवासी पंजियारलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ । यस्तै लागूऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले सिराहा क्षेत्रमा कडाइ गरिरहेको जनाएको छ ।




