काठमाडौं । अवैध रूपमा भन्सार छली गरी लैजान लागेको करिब २४ ग्राम ९९० मिलिग्राम सुनजस्तो देखिने धातुको सिक्री, ३ थान ल्यापटप र २ थान मोबाइलसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ परेकी महिला बाग्लुङ निसीखोला गाउँपालिका ९ की २८ वर्षीया सुनिता घर्ती मगर हुन् । प्रहरीले उनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई उक्त सामग्री अवैध रूपमा संकलन गरी लैजान खोजिएको थियो ।
घटना बारे थप अनुसन्धान गर्दै घर्ती मगरलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।




