कैलाली । कैलालीको मोहन्याल गाउँपालिका ७ कुइनेमा छाउगोठमा सुतिरहेकी एक महिलामाथि बाघले आक्रमण गरेको छ । आइतबार राति ४५ वर्षीय सरस्वती बिटालुलाई छाउगोठमा सुतिरहेको अवस्थामा बाघले आक्रमण गरेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।
घर नजिकैको छाउगोठमा बसेकी बिटालु बाघको आक्रमणबाट घाइते भएकी छन् । यद्यपि, उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छाउपडी प्रथा अन्त्यका लागि विभिन्न प्रयास भइरहेपनि यस क्षेत्रमा अझै प्रचलनमा रहेको छ । यसले महिलाहरूलाई जोखिममा पार्ने घटनाहरू बारम्बार दोहोरिरहेका छन् ।




