रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका ७ नरकटियास्थित एक सेलर मिलमा गएराति भएको आगलागीका कारण ठूलो धनमालको क्षति भएको छ । आगलागीबाट मिलका मेशिनसहित करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।
आगलागीपछि स्थानीय बासिन्दा र दमकलको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो । घटनास्थलमा प्रहरी र स्थानीयको समन्वयमा आगलागी नियन्त्रणको प्रयास गरिएको थियो ।
प्रहरीका अनुसार आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । यस विषयमा आवश्यक अनुसन्धान जारी रहेको र घटनाको यथार्थ विवरण आउन बाँकी रहेको जनाइएको छ ।
आगलागीका कारण स्थानिय उद्योग व्यवसायीहरूमा चिन्ता छाएको छ भने आगलागीले क्षतिग्रस्त मिल पुनः सञ्चालनमा ल्याउन थप समय लाग्ने अनुमान गरिएको छ ।




