लमजुङ । दोर्दी गाउँपालिका ५ कैचेडाँडास्थित सडकमा मंगलबार बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ग १ त ५२७६ नम्बरको ट्याक्टर कैचेगाउँबाट कैचेडाँडातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परि तनहुँ भानु नगरपालिका ९ निवासी २७ वर्षीय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






