झापा । झापाको शिवसताक्षी नगरपालिका ११ झरना पुल नजिक मंगलबार दिउँसो पिकअप र स्कुटर एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
प्र १-०२-००२ च ६४५४ नम्बरको पिकअप र प्र-१-०१-०१२ प ३३७१ नम्बरको स्कुटर आपसमा ठोक्किँदा शिवसताक्षी नगरपालिका ९ निवासी १९ वर्षीय सुजल अधिकारी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




