बारा । जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब २ सय १० किलोग्राम बुधबार राति प्रहरीले बरामद गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट खटिएको प्रहरीले अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको गाडीबाट लागूऔषध गाँजा बरामद गरेको हो ।
बागमती प्रदेश ०३-००१ च ३२२७ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा चालक गाडी छाडी फरार भएपश्चात गाडी तलासी गर्दा काठको बक्स पलङ्गभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




