कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ७ सुडास्थित सडकमा बिहीबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
म ३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका १२ कालाकौडीका ३० वर्षीय हरिश खुना गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
यस घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेको जनाएको छ ।




