वीरगंज । लागूऔषध मुद्दामा फरार रहेका वीरगंज महानगरपालिका १६ नगवा निवासी ४१ वर्षीय चन्दन कुमार रौनियारलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साले २०६१ असार १३ गते लागूऔषध (चरेश) मुद्दामा दोषी ठहर गर्दै उनलाई २ वर्ष ७ महिना कैद सजाय तथा १० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
अदालतको फैसलापछि फरार रहेका रौनियारलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका १६ नगवाबाट पक्राउ गरेको हो ।
प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा पेश गरेको छ ।




