पाल्पा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका १० गडसाल बस्ने १९ वर्षीय आशिष भन्ने रामजी नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभाषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






