धनगढी । धनगढीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन् । धनगढी उपमहानगरपालिका १५ कनरी वसन्त टोलका ३० वर्षीय गोपिन्द शाहले आफ्नै घर र परालको थुप्रोमा शनिबार आगो लगाएको प्रहरीले जनाएको छ ।
उनले मदिरा सेवन गरी आफ्नै कच्चि घर र घर नजिकै रहेको परालको थुप्रोमा आगो लगाएका हुन् । उक्त आगलागीबाट शाहको १ लाख ८० हजार बराबरको क्षति भएको छ । उनी अहिले फरार रहेको जनाइएको छ ।




