धनुषा । धनुषाको मिथिला नगरपालिका ८ स्थित बडहरी पुल नजिक प्रहरीले अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम बरामद गरेको छ ।
आइतबार बिहान इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको टोलीले बागमती प्र ०२-०२९ प ३७३६ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा सवार दुई जना व्यक्ति मोटरसाइकल र ब्याग छोडेर फरार भएका थिए ।
प्रहरीले ब्यागको तलासी गर्दा २५ किलोग्राम गाँजा फेला परेको र बरामद गरिएको जनाएको छ । हाल फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




