जनकपुरधाम । महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ । जिल्लाको गौशाला नगरपालिका ८ का अभिषेक यादवकी १८ वर्षीया श्रीमती खुश्बु यादवको हत्या भएको प्रहरीले जनाएको छ ।
आइतबार गौशाला ५ मा हत्या भएको अवस्थामा खुश्बुको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरले जानकारी दिए ।
उनका अनुसार महिलाको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । घटनापश्चात मृतकका श्रीमान्, सासु लगायत फरार छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




