कञ्चनपुर । कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनको खरको झारमा पाटेबाघ जलेको अवस्थामा फेला परेको हो ।
बेलडाँडी गाउँपालिका ५ गौशालाको उत्तरतर्फको खरमा आगलागी हुँदा बाघको मृत्यु भएको आशँका गरिएको छ । घटनास्थलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेको छ । बाघको मृत्यु र आगलागीको कारण बारे अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।




