वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१५, भेडीयाहीस्थित सोनु सरार्फको घरमा सोमबार बिहान विद्युत सर्टका कारण आगलागी हुँदा पाँच वटा ई-रिक्सा पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
चार्जमा राखिएका म प्र ०३-००१ ह ३८१९, म प्र ०३-००१ ह ३८२०, म प्र ०३-००३ ह ३८२१, म प्र ०३-००२ ह ८६४ र म प्र ०३-००१ ह ३९४८ नम्बरका ई-रिक्सामा एक्कासि आगो लागेपछि उक्त दुर्घटना भएको हो । आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
त्यसैगरी, आगो सोनु सरार्फको घरसम्म फैलिँदा थप ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको छ भने घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




