बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका २ सिमरा चोकबाट प्रहरीले करिब ३ किलो ४४ ग्राम अफिम जस्तो देखिने अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
मकवानपुर जिल्लाको कैलाश गाउँपालिका २ बैकुण्ठ बस्ने ४५ वर्षीय भीमलाल मोक्तानलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बरामद गरिएको पदार्थको परीक्षण र घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




