वीरगंज । पर्साको सबडिभिजन वन कार्यालय, बडनिहारले गस्ती गर्ने क्रममा राष्ट्रिय वन क्षेत्र (कोर एरिया) मा अवैधरूपमा सालको काँचो रूख फँडानी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ८ निवासी २८ वर्षीय तेजा माझी मुसहर रहेका छन् । उनी सालको रूख कटानी गरी गोलिया बनाइरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको हो ।
सबडिभिजन वन कार्यालय, बडनिहारका जमदार जीतबहादुर तामाङका अनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्नका लागि कार्यालयमैं राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।




