सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ५ बढी मुहानमा मंगलबार दुःखद घटना भएको छ । स्थानीय सन्त बहादुर वाईवाका १८ महिनाका छोरा आवाश वाईवाको पोखरीमा डुबेर मृत्यु भएको हो । परिवारका अनुसार बालक खेल्ने क्रममा पोखरीमा खसेका थिए ।
डुबेर अशक्त भएका उनलाई तत्कालै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरे । यस घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




