सप्तरी । सप्तकोशी नगरपालिका ७ बतिगामामा मंगलबार दिउँसो प्रहरीले अवैध लागूऔषध गाँजासहित २२ वर्षीय निराजन यादवलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले बतिगामाबाट कञ्चनपुरतर्फ जाँदै गरेको म प्र ०१-००४ प ३७३८ नम्बरको मोटरसाइकलमा सवार निराजन यादवलाई करिब २ किलोग्राम गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न शंका लागेका एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूसँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




