बारा । बारा जिल्लाको प्रसौनी गाउँपालिका २ प्रसौनी बजारबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ४१ ग्रामसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले बुधबार बिहान विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ५५ वर्षीया रम्भा देवी मुखिया, ३८ वर्षीय जोगिन्द्र मुखिया तथा पर्सा बिन्दबासिनी गाउँपालिकाकी ६० वर्षीया ममता देवी मुखिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले रम्भा देवी मुखियालाई ३ किलो १ सय ४१ ग्राम, जोगिन्द्र मुखियालाई २ किलो ६ सय ४३ ग्राम र ममता देवी मुखियालाई ३ किलो ४ सय ५७ ग्राम गाँजासहित पक्राउ गरेको हो ।
हाल उनीहरू विरुद्ध आवश्यक कानुनी कारबाही तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




