बझाङ । जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी निवेदनका आधारमा अनुसन्धान गर्दा उक्त प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको पुष्टि भएको छ ।
निज बोहराले जयपृथ्वी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्तिको लागि उच्च माध्यामिक शिक्षा परिषद्बाट जारी भएको +२ तहको लब्धाङ्क पत्र नक्कली पेश गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पाइएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहरिएपछि विशेष अदालत, काठमाडौंमा आज आरोप-पत्र दायर गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार निजलाई कैद तथा जरिवाना सजायको माग गरिएको छ ।




