कैलाली । कैलालीको गोदावरी नगरपालिका ५ गेटामा पार्किङ गरी राखिएको अटोमा आगलागी हुँदा अटो पूर्ण रूपमा जलेर नष्ट भएको छ । बुधबार राति से १ ह २५१२ नम्बरको अटो सोही ठाउँका ४५ वर्षीय सुरेश बोहराद्वारा आफ्नै होटल अगाडि पार्किङ गरिएको थियो ।
अचानक आगलागी हुँदा अटो पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।




