झापा । झापाको दमकबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार बिहान गरिएको छुट्टाछुट्टै अपरेशनमा उनीहरू पक्राउ परेका हुन् ।
पहिलो घटना दमक नगरपालिका ६ पुरानो सब्जी लाइनमा भएको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ८० क्याप्सुलसहित रोहित राई (२५) र राजेश राई (३०) लाई पक्राउ गरेको छ ।
रोहित इलामको चुलाचुली गाउँपालिका १ का स्थायी बासिन्दा भएपनि हाल दमक नगरपालिका ५ मा बस्दै आएका छन् । राजेश दमक नगरपालिका ७ निवासी हुन् ।
त्यस्तै, अर्को अपरेशनमा दमक नगरपालिका ८ बाट प्रहरीले ट्रामाडोल ९० क्याप्सुल, स्पास्पेन ७० क्याप्सुल र स्पास्मो ६० क्याप्सुलसहित २५ वर्षीय प्रतिक श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको छ । प्रहरीले लागूऔषध ओसारपसार तथा विक्री वितरणमा संलग्न अन्य व्यक्तिहरूको खोजीसमेत जारी रहेको जनाएको छ ।




