दैलेख । दैलेख जिल्लाको गुराँस गाउँपालिका ६ स्थित भिउचुलादेखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरिएको उजुरीका आधारमा अनुसन्धानपछि विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
अनुसन्धानका क्रममा जिल्ला दैलेख, गुराँस गाउँपालिका ६ स्थित भिउचुला-बगौरा-पुलिया सडक योजनाको कार्य निर्माण व्यवसायीलाई जिम्मा दिने गरी योजना राखी उपभोक्ता समिति खडा गरी बदनियतपूर्वक सो समितिलाई जिम्मा दिइएको पुष्टि भएको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ विपरीत निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको, नक्कली बिल भरपाई तयार गरी योजनामा बढी मूल्याङ्कन गराई भुक्तानी दिइएको तथा उपभोक्ता समितिका पदाधिकारीहरूलाई गैरकानूनी लाभ पुर्याइएको भेटिएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ र दफा १९ को उपदफा (२) अनुसार भ्रष्टाचार कसूरमा पर्ने भएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा दोषी प्रमाणित भएमा देहाय बमोजिमको सजाय तथा बिगो असुल उपर गरिने माग गरिएको छ ।






