काठमाडौं । महाराजगञ्जको नारायणगोपाल चोकमा पूर्वयुवराज पारस शाह र प्रहरीबीच घम्साघम्सी भएको छ । हेल्मेट नलगाई मोटरसाइकलमा सवार रहेका शाहलाई प्रहरीले पक्राउ गरेर हेल्मेट नलगाउनुको कारण बारे सोधपुछ गरेको थियो ।
तर प्रहरीले एक पटक सम्झाएर जानुस भन्दा पनि नगएपछि प्रहरीसँग धकेलाधकेल गर्दै लफडा परेको हो । सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरीले पारसको हात समातेर जान आग्रह गरिरहेका छन् । तर, पारस जान्न भन्दै बम्किएको भिडियोमा देख्न सकिन्छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले एक पटक समातेर पारसलाई छाडिएको जानकारी दिएका छन् । पारस बेला बेला प्रहरीसँग लफडा गर्ने गरेका छन् ।






