कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । सोमबार साँझ कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १२, भाईरल रोडमा सुप्रप ०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
सो दुर्घटनामा चालक कैलाश सिंह साउद र पछाडि सवार गणेश विष्ट गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले प्रारम्भिक जाँचपछि दुबै जनालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
उनीहरु दोधराबाट महेन्द्रनगरतर्फ जाँदै थिए । अनियन्त्रित भई सडकको डिभाइडरमा रहेको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान थालेको छ ।




