मोरङ । मोरङको उर्लाबारी नगरपालिका २ सुनझोडास्थित कुलोमा डुबेर सोमबार बिहान एक युवकको मृत्यु भएको छ । सोही गाउँका १७ वर्षीय सनम निरौलाको शव स्थानीयहरूले कुलोमा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि उर्लाबारी ३, मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको छ ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । घटनाको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।




