काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए । बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका ५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा २ ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए ।
दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् । उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताए । दुर्घटनामा घाइते भएकामध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल र एक जनाको नेपाल मेडिकल कलेजमा मृत्यु भएको बोहराले बताए ।
दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते रहेका छन् । ३४ जना सामान्य घाइते र चालकको स्तुपा हस्पिटलमा उपचार भइरहेको छ । उक्त बस स्कुलले रिजर्ब गरेर पिकनिकका लागि लगेको बुझिएको छ ।
पिपुल्स लाइफ कियर अस्पतामा उपचारार्थ
१. फिलिप लामा वर्ष १०
२. प्रजोल थापा वर्ष १०
३. भिम तामाङ वर्ष ११
४. राम परियार वर्ष १६
५. सुजन मगर वर्ष १६
६. सिरिसा सुवेदी वर्ष १२
७. प्रकाश बम वर्ष १६
८. साधन बिष्ट वर्ष १२
९. आराध्या शाह वर्ष १०
१०. आशिस तामाङ वर्ष १५
११. स्नेहा राइ वर्ष २१
१२. गंगा ज्वति वर्ष ४२
१३. रन्जित थापा वर्ष १३
१४. सुहाना गुभाजु वर्ष १३
१५. श्रिसान्त पौडेल वर्ष १५
१६. कल्पना रेग्मी वर्ष ३२
१७. विकल्प श्रेष्ठ वर्ष १०
१८. नाइस्का पाण्डे वर्ष २३
१९. सुविता तामाङ वर्ष १४
२०. निशान्त पौडेल वर्ष १४
२१. सौगात मगर वर्ष १४
२२. अबित खान वर्ष १०
२३. अंकित नेपाल वर्ष १५
२४. रिदम थापा वर्ष १५, अ.अ कार्य जारी ।
शंखरापुर अस्पतालमा उपचार्थ
१. आदित्य सुनार वर्ष १२/१३
२. धिरज साउद वर्ष १४
३. सन्देश गिरि वर्ष १३
४. शुसाङ्क डोटेल उपचारको क्रममा मृत्त घोषणा
नेपाल मेडिकल कलेजमा उपचार्थ;
१. वर्ष १३ को शक्सेस खड्का
२. वर्ष ३७ कि गोमा थापा
३. वर्ष १० कि सनसाइन तामाङ
४. वर्ष ९ को निशम राइ
५. वर्ष १५ को समिर तामाङ
६. वर्ष १९ को सन्यम महर्जन
७. वर्ष १४ कि रितिका खत्रि
८. वर्ष १२ को जेनिस दाहल
९. वर्ष १५ को अभिषेक मोक्तान
१०. वर्ष १६ को मिनु राइ
११. वर्ष १३ को रोहन अधिकारी
१२. सुबिना तामाङ
१३. नाम वतन नखुलेको १ जना पुरुष (मृत्यु)
१४. रोहन अधिकारी ।
टिचिङ अस्पतालमा उपचारार्थ;
१. नाम वतन नखुलेको अं. वर्ष १६/१७ को पुरुष मृत्यु
२. वर्ष १६ को प्रबत दाश
३. वर्ष १५ युनिसा थामि
४. शुसिला तामाङ




