वीरगंज । पर्साको बहुदरमाई नगरपालिका १ बिश्रामपुर टोलबाट ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । बुधबार राति भारत मोतिहारी, ग्राम पंचायत रक्सौल बस्ने २६ वर्षीय राम बाबु माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका माझीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।




