कैलाली । धनगढी उपमहानगरपालिका ४ स्थित एक होटलमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुरा आलिताल गाउँपालिका ३ घर भएकी २८ वर्षीया पूजा खड्काको होटल सोल्टीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पूजासहित ९ जनालाई बिहीबार राति नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्दै नगद १ लाख ९७ हजार ६ सय ७२ रुपैयाँ र २ बुक तास बरामद गरेको छ । यस घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




