सिराहा । सिराहाको गोलबजार नगरपालिका ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम १ सय ९० मिलिग्राम पदार्थसहित तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका ७ दशई महाजन टोलका २० वर्षीय पंकज मण्डल, नगरपालिका ६ ग्रामिण टोलका २८ वर्षीय अरविन्द सिंह दनुवार र सोही वडाका २६ वर्षीय रबिन मुखिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले स ३ प ६३४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ ।




