पर्सा । वीरगंज महानगरपालिका १६ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने ११ किलो ५ सय ग्राम पदार्थसहित सर्लाही विष्णु गाउँपालिका ४ मधुवनगोठ बस्ने ४५ वर्षीय सुधिर कर्णलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार, पक्राउ परेका कर्णविरुद्ध लागूऔषध सम्बन्धी कानूनी कार्यवाही सुरु गरिएको छ ।
प्रहरीले अनुसन्धान प्रक्रियामा छ, र पक्राउ गरिएका व्यक्तिबाट अन्य महत्वपूर्ण जानकारी सङ्कलन गर्नको लागि थप जाँच गरिरहेको छ ।




