रूपन्देही । रूपन्देहीमा अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले १० किलोग्राम गाँजा, ७९ ग्राम चरेश जस्तो देखिने पदार्थ र ८४ ग्राम पोल्याण्ड जस्तो देखिने पदार्थसहित २५ वर्षीय जीवन मल्लाहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका ४, आदर्शनगर स्थित मल्लाहको कोठा तलासी गर्दा लागूऔषध फेला परेको थियो ।
अनुसन्धानको क्रममा तिलोत्तमा नगरपालिका १५, कोटीहवामा डेरा गरी बस्ने स्याङ्जा गल्याङ नगरपालिका १ निवासी ३८ वर्षीय जीवनाथ पाण्डे र रूपन्देही तिलोत्तमा नगरपालिका १४ निवासी २३ वर्षीय दिलिप केवटको कोठाबाट ११ किलोग्राम गाँजा बरामद भएपछि उनीहरूलाई समेत पक्राउ गरिएको छ । प्रहरीले तीनै जना माथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




