झापा । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । ब्यारेकमा झृुण्डिएको अवस्थामा सई धनराज खतिवडा मृत भेटिएका हुन् ।
डोरीको पासो लागेर झुण्डिएको अवस्थामा खतिवडा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी भोजपुरका स्थानीय हुन् । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




