बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित सडकमा अन्टेष्ट लेखिएको स्कुल बसले प्र २-०३-०१३ प ३२३३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहट राजदेवी नगरपालिका बस्ने ३३ वर्षीय भोला प्रसाद यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सहकारी अस्पताल हेटौंडा मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




