झापा । झापाको अर्जुनधारा नगरपालिका ७ स्थित मधुगिता क्रसर उद्योगमा टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ ।
आइतबार साँझ को १ ख ७०१४ नम्बरको टिपरको ठक्करबाट सोही क्रसर उद्योगमा कार्यरत हल्दिबारी गाउँपालिका २ निवासी २४ वर्षीय मोहन किस्कुको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालकलाई नियन्त्रणमा लिइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।




